काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी उनीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलनका गर्ने निर्णय गरेको उनीहरुले बताएका छन् ।
आन्दोलनको पहिलो चरणमा उनीहरुले वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने कार्यक्रम सार्वजनिक गरेका छन् ।