काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष विजय घिमिरेले गर्भनर अधिकारीको राजीनामा माग गरेका हुन् ।
गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका लागि कुनै काम नगरेको भन्दै राजीनामा दिन आग्रह गरेका हुन् । उनले अर्थतन्त्र जटिल अवस्थामा गएको बताउँदै यसको सुधारका लागि सहासिलो सुधार कार्यक्रम लागू गर्ने आँट आवश्यक भएको र त्यो आँट नभएमा राजीनामा दिन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् उनको राजीनामा माग गरेका हुन् । ‘उनले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थामा संकट गहिरिएको छ, बैंकले ग्राहकलाई ऋण दिँदा लिमिटेड दायित्व होइन, अनलिमिटेड दायित्वका लागि वाध्य पारिरहेका छन्, त्यही भएर जग्गाको मूल्य वढेको छ, अर्थतन्त्रमा समस्या जटिल बन्दै छ, अहिलेको आर्थिक संकट जड नै यही हो, यो अवस्था सुधारका लागि साहसिलो सुधार कार्यक्रम लागू गर्ने आँट देखाउनु होस्, होइन भने राजीनामा गर्दा हुन्छ,’ घिमिरेले भनेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘यो अवस्थबाट निस्कन साहसिक आर्थिक सुधार कार्यक्रम नै चाहिन्छ, तपाईले अहिलेसम्म गभर्नरका रुपमा जे गरिरहनुभएको छ, त्यसले केही पनि हुने वाला छैन, तपाईले खाली पदावधि थामिरहनुभएको छ, यो सरकारले तपाईलाई नियुक्त गरेको पनि होइन, पद ओगटेर समस्या समाधान हुने वाला छैन, सरकारलाई आर्थिक सुधार कार्यक्रम ल्याउन चुनौती दिएर राजिनामा दिनुहोस् ।’
सेजनका पूर्व अध्यक्ष घिमिरे अहिले अमेरिकामा छन् ।