संवैधानिक परिषदको बैठक निष्कर्षविहीन

<p>काठमाडौं । संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा बुधबार बिहान बसेको बैठक निष्कर्षविहीन भएको हो । आजकोे बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएतापनि कुनै निर्णय नभएको बैठकमा सहभागीले बताएका छन् । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीशका [&hellip;]</p>

काठमाडौं । संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा बुधबार बिहान बसेको बैठक निष्कर्षविहीन भएको हो ।

आजकोे बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएतापनि कुनै निर्णय नभएको बैठकमा सहभागीले बताएका छन् ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्की छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

Share News