काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मिटरब्याज पिडितलाई न्याय दिन केन्द्रित रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै उनले सो कुरा बताएका हुन् ।
‘अब हामी मिटरब्याजको शोषणको अन्त्य गरेर पिडितहरूलाइ न्याय दिएरै छोड्छौं, अहिलेको २१ औँ शताब्दिमा पनि मिटरब्याजीबाट पिडित हुनु अमानविय कार्य हो,’ उनले भने ।
उनले यसअघि बनाइएको आयोगले हरेक पिडितसँग बयान लिएर अनुसन्धान गर्ने बताए ।
यस्तै, उनले गृह प्रशासनलाइ राजनितिक बदाब र शक्ति केन्द्रको चलखेलबाट टाढै राख्ने बताए । ‘सुरक्षा निकाय हाम्रो गैरव हो, शक्ति केन्द्र र राजनितीक दबाबमा अब गृह प्रशासन चल्दैन,’ उनले भने ।