सरकारी सर्भरमा समस्या, राजश्व संकलन प्रभावित

<p>काठमाडौं । सरकारी सर्भरमा समस्या देखिदा राजश्व प्रभावित भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार एक सूचना जारी गर्दै सर्भरमा प्राविधिक समस्या देखिदा रावश्व संकलन प्रभावित बनेको जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट सञ्चालित प्रणालीहरु आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीहरुमा केही प्राविधिक समस्या देखिएकोले सोमबार बिहान ११ बजेदेखि १ [&hellip;]</p>

काठमाडौं । सरकारी सर्भरमा समस्या देखिदा राजश्व प्रभावित भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार एक सूचना जारी गर्दै सर्भरमा प्राविधिक समस्या देखिदा रावश्व संकलन प्रभावित बनेको जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट सञ्चालित प्रणालीहरु आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीहरुमा केही प्राविधिक समस्या देखिएकोले सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रणालीहरु सञ्चालन हन नसकेकोले यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गदछाैँ ।’

राजश्व सम्बन्धि सर्भरले दिउँसो सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म काम नगर्दा राजश्व संकलनसँगै सरकारी चेक सटहिमा समेत समस्या देखिएको जनाईएको छ ।

दिउँसो १ बजेदेखि समस्या हटेपनि एकैपटक धेरैले सर्भर चलाउँदा पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो ।

Share News