सिटी एक्सप्रेसले राष्ट्रिय अपाङ्ग कोषलाई दियो ५ लाख

<p>काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको हाे । सिटी एक्सप्रेसले कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले उक्त रकम सहयोग गरेको हो । विस २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोष देशभरीमा रहेका अपाङ्गता [&hellip;]</p>

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको हाे ।

सिटी एक्सप्रेसले कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले उक्त रकम सहयोग गरेको हो ।

विस २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोष देशभरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेकाे काेष हाे ।

कोषले वार्षिक १५ सय अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

Share News