बिरामी ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा र घिमिरे

<p>काठमाडौं । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति र सभामुख ओली निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सोमबार बिहान बालकोट पुगेका हुन् । उक्त [&hellip;]</p>

काठमाडौं । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति र सभामुख ओली निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सोमबार बिहान बालकोट पुगेका हुन् ।

उक्त भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने जनाईएको छ ।

Share News