रवि लामिछानेका गाडी चालक ३ तलाबाट खसेर गम्भिर घाइते

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घाइते भएका छन् । सभापति लामिछानेका सवारी चालक दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको ३ तला माथिबाट तल खसेर घाइते भएका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घाइते भएका छन् । सभापति लामिछानेका सवारी चालक दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको ३ तला माथिबाट तल खसेर घाइते भएका हुन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

थापाको टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

Share News