राष्ट्र बैंकले स्वीकृति नदिँदा चैतमा वार्षिक साधारण सभा गर्न सकेनौं : नेष्डो समृद्ध लघुवित्त

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि चैतमा वार्षिक साधारण सभा गर्न नसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बताएको छ । एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपनि स्वीकृति नपाउँदा चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि चैतमा वार्षिक साधारण सभा गर्न नसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बताएको छ । एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपनि स्वीकृति नपाउँदा चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो ।

लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।

Share News