काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले यसअघि सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले आठौँ पटक आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मन्त्रिपरिषद् विस्तार सँगै नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका नेतो एनपी साउदलाई परराष्ट्र मन्त्रीको रुपमा तीन बजे शपथ ग्रहण गर्ने जनाईएको छ । ५ वटा मन्त्रालय खाली रहेकोमा परराष्ट्र मन्त्रीको मात्र आइतबार सपथ हुनेछ भने बाँकी ४ वटा मन्त्रालय खाली रहेनछन् ।
गत चैत १७ गते सातौँ पटक मन्त्रिपरिषद् विस्तार पछि प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।