नयाँ वर्षमा सनराईज क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी योजना

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा सन्राईज क्यापिटलले वर्तमान पुंँजी बजारको अवस्थालाई ध्यानमा राखी एक योजना सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालीन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजनासंचालनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त योजनामा सहभागी हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा सन्राईज क्यापिटलले वर्तमान पुंँजी बजारको अवस्थालाई ध्यानमा राखी एक योजना सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालीन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजनासंचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त योजनामा सहभागी हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालीन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गरिने जनाइएको छ ।

यस योजनामा सहभागी हुन चाहने लगानीकर्ताहरुले न्यूनतम ३ लाख लगानी गर्नुपर्नेछ । जसका लागि नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ भने लगानी अवधि पाँच वर्षको हुनेछ । साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि सावित हुने कम्पनीले जनाएको छ ।

Share News