काठमाडौं । नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको हाे ।
उक्त्त फन्ड मार्फत बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपालपे इन्स्टन्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीले नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा राखेकाे बताए ।
नेपालपे इन्स्टन्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्रने कम्पनीले जनाएकाे छ ।
नेपालपे इन्स्टन्टमा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।
कनेक्ट आइपिएसका साथै नेपालपे इन्स्टन्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि रहेकाे कम्पनीले जनाएकाे छ ।
एनपीएस अन्तर्गत इन्ट्रोपरएबल फण्ड ट्रान्स्फरको लागि लागू गरिएका नेपालपे इन्स्टन्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भव भएको छ ।
साथै, सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ ।