काठमाडौं । एक वर्षमै नेपालको बेरुजु डेढ अर्ब बढीले बढेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब ५६ करोड रुपैयाँले बेरुजु रकम बढेको हो ।
महालेखाले गएको वर्ष संघीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्थासमेतको ७१ खर्ब ३८ अर्ब १७ करोडको लेखापरीक्षण गरेको थियो । प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो ।
सोमध्ये प्रतिवेदन अवधिसम्म ९ अर्ब ७८ करोड सम्परीक्षण गराएबाट सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनले औँल्याएको छ ।
नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख, प्रमाण कागज पेस नभएको ५९ अर्ब रहेको छ। त्यस्तै शोधभर्ना नलिएको ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै ९ अर्ब पेस्की रहेको छ ।
सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकाय तथा कार्यालयको गरिएकोमा १ हजार ९२९ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको थियो । यस्तै, प्रदेश सरकराी कार्यालयतर्फृ १ हजार २१८ को लेखापरिक्षण गरेकोमा ४ सय ४४ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।