
काठमाडौं । विगतका वर्षका तुलनामा नेपालीको औसत आयु सरकारले लिएको लक्ष्य अनुसार बढ्न सकेन । महालेखा परीक्षकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८/७९ मा नेपालीको औसत आयु ७१ दशमलब १ महिना मात्रै हुन पुगेको हो ।
महालेखाको प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष ०७८/७९ मा नेपालीको औसत आयु ७१ दशमलब पाँच प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । आर्थिक वर्ष ०७५/७६ मा नेपालीको औसत आयु ६९ दशमलब ७ महिना मात्रै रहेको थियो ।