आइएमई पेको नयाँ अफर ‘तिमीलाई पनि, मलाई पनि’ सार्वजनिक

<p>काठमाडौं । आइएमई पेको नयाँ अफर &#8216;तिमीलाई पनि, मलाई पनि&#8217; सार्वजनिक भएको छ । आइएमई ग्रुप अन्तर्गत &#8216;आइएमई डिजिटल सोलुसन लिमिटेड&#8217;को  &#8216;आइएमई पे&#8217;ले वालेट टु वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै &#8216;तिमीलाई पनि, मलाई पनि&#8217; नामक अफर सार्वजनिक गरेको छ । उक्त अफर चैत २९ देखि २०८० भादौ २६ सम्म चल्ने ग्राहकले आइएमई पेमा वालेट टु वालेट ट्रान्सफर [&hellip;]</p>

काठमाडौं । आइएमई पेको नयाँ अफर ‘तिमीलाई पनि, मलाई पनि’ सार्वजनिक भएको छ ।

आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को  ‘आइएमई पे’ले वालेट टु वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

उक्त अफर चैत २९ देखि २०८० भादौ २६ सम्म चल्ने ग्राहकले आइएमई पेमा वालेट टु वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच हेयलोउ आरटि एलएस ०५५ जित्ने मौका प्राप्त गर्नेछन् ।

सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।

यस अफर अवधिभर वालेट टु वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्नेछन् । ग्राहकवर्गमा वालेट टु वालेट ट्रान्सफर  सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

Share News