मेगा क्यापिटल मार्केट्सले सुरु गर्याे २०:८० लगानी व्यवस्थापन सेवा

<p>काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्षको अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको हो । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी [&hellip;]</p>

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्षको अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको हो ।

उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पु¥याउने क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार न्यूनतम ३ लाख नगद वा सेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ ।

सेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ वा सेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएको अवस्थामा क्यापिटलले विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा दिने जनाएको छ ।

Share News