होहल्ला भएपछि रोकियो महासंघको मतदान

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो । होहल्ला भएपछी मतदान रोकिएको हो ।अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ । बुधबार बिहान ८ बजेदेखि हुने भनिएको मतदान मतपत्रमा भएको विवादका [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो ।

होहल्ला भएपछी मतदान रोकिएको हो ।अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ ।

बुधबार बिहान ८ बजेदेखि हुने भनिएको मतदान मतपत्रमा भएको विवादका कारण दुई घण्टा ढिलो गरेर मतदान शुरु भएको थियो।

महासंघको निर्वाचनमा २ हजार बढी मतदाताले मतदान गर्दैछन् । साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ६४ जना कार्यसमिति सदस्य चयन गर्नेछ ।

Share News