
काठमाडौं । उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ । मंगलबारबाट शुरु भएको महासंघको ५७औँ साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ ।
मतपत्रमा भएको विवादका कारण दुई घण्टा ढिलो गरेर मतदान शुरु भएको हो । महासंघको निर्वाचनमा २ हजार बढी मतदाताले मतदान गर्दैछन् । साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ६४ जना कार्यसमिति सदस्य चयन गर्नेछ ।