एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य तोलामा एक हजारले बढेको हो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय ५० रूपैयाँ कायम भएको छ [&hellip;]</p>

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य तोलामा एक हजारले बढेको हो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय ५० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य समेत बढेको छ । आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ कायम भएको हो ।

Share News