काठमाडौं । स्पर्श बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नामको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको हो ।
यातायात व्यवस्था कार्यलय एकान्तकुना ललितपुरमा दर्ता कायम रहेको सुजुकि कम्पनीको बा १० च ५४८७ नम्बर सेतो रङको मारति सुजुकि कार्गो भ्यान बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म तथा कम्पनीले १५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने सहकारीले बताएको छ । सहकारीका अनुसार २ लाखमा नघट्ने गरी खुला बोलपत्र पेश गर्नुपर्नेछ ।
लिलाम बढाबढमा बोलपत्र पेश गर्दा कबोलेको रकमको १० प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्नेछ । जस्को बढि बोल कोबोल रकम हुन्छ सोहि व्यक्तिलाई गाडि पास गरिदिइने सहकारीले जनाएको छ । स्पर्श बचत तथा ऋण सहकारी सस्थाको केन्द्रिय कार्यालय ठमेल भगवानवाहाल २६, काठमाण्डौंमा रहेको छ ।