न्यायाधीश भुवन गिरी पक्राउ

<p>काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । वैवाहिक करणीको आरोपमा उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यही चैत २२ गते न्यायपरिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे ।  न्ययाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय [&hellip;]</p>

काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

वैवाहिक करणीको आरोपमा उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यही चैत २२ गते न्यायपरिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे ।  न्ययाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा हालेकी थिईन । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Share News