ग्याँस विस्फोटबाट हुने अवस्थाको समाधान गर्दै म्याजिक लक

<p>काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले भारतीय कम्पनी म्याजिक लक डीसी सँग सम्झौता गरेको छ । कम्पनीले जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्तबाट सफल परीक्षण पश्चात उत्पादित म्याजिक लकूको नेपालका लागी आधाकारीक तथा विशेष वितरक‌को रूपमा सम्झौता गरेको हाे । भारतमा उक्त म्याजिक लकलाई आजको मितिमा घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ कम्पनीले जनाएकाे छ [&hellip;]</p>

काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले भारतीय कम्पनी म्याजिक लक डीसी सँग सम्झौता गरेको छ । कम्पनीले जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्तबाट सफल परीक्षण पश्चात उत्पादित म्याजिक लकूको नेपालका लागी आधाकारीक तथा विशेष वितरक‌को रूपमा सम्झौता गरेको हाे ।

भारतमा उक्त म्याजिक लकलाई आजको मितिमा घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार अध्ययन र खोजको आधारमा, सामन्य तह ८०५ प्रमाणित एलपीजी सम्बन्धित भयावह घटनाहरू रेगुलेटर र चुलोसंग जोडिने पाइपको हुने ग्याँस चुहावटका कारण हुने गर्छ। बढ्दो आधुनिकरण र व्यस्तताको कारण सचेत र चनाखो रहँदा रहँदै यस्ता घटनाहरू भइरहेको र यसको केही हद‌सम्म न्यूनिकरणको प्रयास सँधै भइरहेको देखिन्छ ।

भारतमा यहि खोज र प्रयासको दौरान विकास भएको म्याजिक लकडी सीका यस उत्पादनले सबै प्रयोगकर्ताले खोजेको पाइपबाट ग्यास लिक भई त्यसबाट भइरहेको मानविय र भौतिक क्षति व्यहोर्नुपर्ने समस्याको समाधान प्रदान गरेको पाइएको छ।

भारतीय समकक्षबाट प्राप्त गरेको यस उत्पादन सम्बधिको जानकारी र देशकै सर्वश्रेष्ठ एलपीजी वोतलर र एलपीजी को उपभोकको रुपमा यस प्रालिले गरेका गहिरो अनुसन्धान र सफल परिक्षणको आधारमा प्रालि यस उत्पादनको प्रयोगले समस्त एलपीजी प्रयोगकर्ताहरूलाई पाइपबाट हुने लिकेज र त्यसबाट हुने धनजनको हानीबाट सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई रहेको छ ।

न्यूनतम लागतमा अधिकतम सुरक्षा प्रदान गर्ने यस उत्पादनले, छिट्टै बजार मात्र नलिई, धेरै नेपालि जनताको विश्वास जित्ने कुरामा प्रालि विश्वस्त रहेको छ ।

नेपाली बजारमा उपलब्ध गराई हरेक घर, फिस, होटल, र रेस्टुरेन्ट , कल कारखाना, विद्यालय आदि इत्यादि स्थानलाई सुरक्षित बनाउदै अघि बढ्यको यस प्रा.लिले यो उत्पादनलाई अनलाईन (फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब तथा अफलाईन स्टोर देश भरका ग्याँस तथा एफ एम सी जी डीलरहरू मार्फत ग्राहक सामु पुर्याउने तयारी गरेको छ ।

एस. एल. आर टेक्नो एण्ड ट्रेड प्रा. लिमिटेड जुन एस.जी. ग्रुप आन्तार्गत पर्दछ जसले एल.पी.जी. बोटलिङ, अटोमोबाइल, हाइड्रोपावर, बैकिङ्ग, चिया, पेट्रोलियम उत्पादन वितरण आदि जस्ता विभिन्न क्षेत्रहरूमा संलगन रहेको छ।

यस कम्पनी को मुख्य दक्षता एलपीजी बोटलिङ समूहको हो जसमा ७ (सुगम, सहारा, साइपाल, प्रिमा, कामाख्या, त्रिसुल) विभिन्न ग्यास ब्रान्डहरू हाल देशभर मुख्य समूह एभरेष्ट ग्यास संसार अन्तर्गत सञ्चालन भइरहेका छन् जसले नेपालमा सबैभन्दा ठूलो एलपी ग्यास प्रदायक बनाएको छ।

Share News