
काठमाडौं । घरजग्गा र शेयर बजारमा खुकुलो नीति बनाउन सिविफिन सकारात्मक देखिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिबिफिनका अध्यक्ष पवन गोल्यानले सो बताएका हुन् । उनले आज शेयर बजार बढेको प्रसंग राख्दै अर्थको संरचना र व्यवस्थाबाट शेयरबजारलाई टाढा राख्न नसकिने बताए ।
‘अर्थको संरचना र व्यवस्था छ सेयर बजारलाई टाढा राख्न सकिँदैन, हिजोको कुराले आज शेयर बढ्यो । मनोविज्ञानले असर गर्छ’, अध्यक्ष गोल्यानले भने । उनले ब्याज कम भयो भने घरजग्गा र शेयर दुबै क्षेत्रमा सहज हुने भन्दै सोमबार प्रधानमन्त्री र गभर्नरसँगको छलफलमा सो दुवै क्षेत्रमा खुकुलो नीति बनाउने विषयमा छलफल भएको बताए ।