साखः ग्रुपको रिकिशी कम्पोष्ट मल नेपाली बजारमा, भविष्यमा किसानलाई सित्तैमा उपलब्ध गराउने

<p>काठमाडौं । लामो समयदेखि स्टिल, हाउजिङ तथा पेन्टिङ व्यवसाय गर्दै आएको साखः ग्रुपले फोहोरबाट कम्पोष्ट मलको उत्पादन गरी बजारमा ल्याएको छ । ग्रुपले व्यवसायिक रूपमा उत्पादन गरेको यो मल जापानी ‘सीएनबीएम’ प्रविधिबाट तयार गरिएको हो । साखः ग्रुपले रिकिशी दाईची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो कम्पनीले रिकिशी कम्पोष्ट प्रा.लि. को सहकार्यमा रिकिशी ब्राण्ड कम्पोष्ट मल बजारमा [&hellip;]</p>

काठमाडौं । लामो समयदेखि स्टिल, हाउजिङ तथा पेन्टिङ व्यवसाय गर्दै आएको साखः ग्रुपले फोहोरबाट कम्पोष्ट मलको उत्पादन गरी बजारमा ल्याएको छ । ग्रुपले व्यवसायिक रूपमा उत्पादन गरेको यो मल जापानी ‘सीएनबीएम’ प्रविधिबाट तयार गरिएको हो ।

साखः ग्रुपले रिकिशी दाईची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो कम्पनीले रिकिशी कम्पोष्ट प्रा.लि. को सहकार्यमा रिकिशी ब्राण्ड कम्पोष्ट मल बजारमा ल्याएको हो । स्वदेशमै मल उत्पादन गरी बिक्री वितरणको तयारी गरिएको यो मल फोहोर लगायतका कच्चा पदार्थबाट तयार हुने कम्पनीले बताएको छ ।

‘सीएनबीएम’ कम्पोष्ट मल वातावरणमैत्री भएको क्योटो विश्वविद्यालय जापानबाट प्रमाणित भइसकेको पनि कम्पनीकी प्रबन्ध निर्देशक उषा गिरीले बताइन् । उनका अनुसार जापानी ‘सीएनबीएम’ प्रविधिबाट तयार भएको यो मलले माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने क्षमता राख्छ ।

जापानको प्रविधिलाई साखः ग्रुपले प्रत्यक्ष अध्ययन अनुसन्धानपछि मात्र बजारमा ल्याइएको जनाएको छ । ‘हामीले नेपाली माटोमा सुहाउँदो खेर गएको कुहिने फोहोरलाई सदुपयोग गरेर रिकिशी कम्पोष्ट मल बजारमा ल्याएका छौं, यो मलले रासायनिक मलको बर्षेनी अभाव हुने समस्याबाट पनि मुक्त गर्न सक्ने हाम्रो विश्वास छ’, उनले भनिन् ।

यो मलको प्रयोगका कारण सरकारले दिने अनुदानको ठूलो धन राशी पनि बचत हुने उनको भनाइ छ । ‘सरकारबाट वर्षेनी रासायनिक मलमा उपलब्ध गराउने अनुदानको केही अंश मात्र उपलब्ध गराउने हो भने किसानलाई यो मल सित्तैमा उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुन्छ’, ‘उनले भनिन्, ‘कम्पोष्ट मल रासायनिक मल भन्दा धेरै सस्तो छ, किसानलाई सर्वसुलभ ढङ्गले यो मल उपलब्ध हुने छ’, उनले भनिन् ।

कम्पोस्ट मल देशव्यापी बनाउने योजना रहेको साखः ग्रुपका अध्यक्ष तथा निर्देशक किरणप्रकाश साखःले बताए । उनका अनुसार देशभरमा अपार माग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गर्दै सो मलको उत्पादन बढाउँदै लैजाने योजना कम्पनीले बनाएको छ ।

किन प्रयोग गर्ने रिकिशी कम्पोष्ट मल ?
यो मल जापनिज प्रविधि तोकोजाइबाट तयार हुन्छ । यो मललाई निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गरी उत्पादन वृद्धि गर्ने योजनामा कम्पनी छ । यो मलको सबल पक्ष भनेको देशको माटो सुहाउँदो हो ।

जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिने शाखः बताउँछन् । अहिले ठिमी र भक्तपुर नगरपालिकासँग सहकार्य गरी यो मल उत्पादन भइरहेको छ भने कम्पनीले आफ्नै लगानीमा दुधौलीमा पनि उत्पादन गर्दै आएको छ । साखःका अनुसार यो मलको प्रयोगबाट रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुन्छ । त्यसैले पनि कम्पनीले नेपालमा रिकिशी कम्पोस्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निष्कर्षसहित व्यवसायिक उत्पादन बजारमा ल्याएको जनाएको छ ।

कम्पोष्ट मल एक प्रकारको प्राकृतिक र जैविक मल हो । जसलाई पातहरू घाँसको काँपहरु, घरायसी फोहोर, रातो माटो, भुस, भुस जस्ता जैविक सामग्री बाट बनाइन्छ । यो मलले माटोको स्वास्थ्य र उर्भर शक्ति सुधार गर्न पनि मद्दत गर्ने बताए । कम्पनीका अनुसार दुधौली, थिमी, पाँचखाल र राप्तीमा यसका शाखाहरु स्थापना गरिएका छन् ।

Share News