उत्पादनमा आधारित भएर अनुदान दिन सरकार तयार छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा आधारित भएर अनुदान दिन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा आधारित भएर अनुदान दिन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक/पटक छलफल भएको बताए ।

‘अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाइरहेको छ, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको छ’, उनले भने, ‘बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसङ्ग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’

यस्तै, निजी क्षेत्रको प्रोटोकलको समस्या समाधान गर्न तयार रहेको भन्दै अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रमा प्रोटोकल कायम गर्ने बताए ।

Share News