मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो हुन्छ : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति मार्फत बैंकको ब्याजदर खुकुलो बनाइने संकेत गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीति मार्फत ब्याजदर घटाईने संकेत गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउँदै अर्थतन्त्रमा समस्या देखिएपनि चिन्तित हुनुपर्ने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति मार्फत बैंकको ब्याजदर खुकुलो बनाइने संकेत गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीति मार्फत ब्याजदर घटाईने संकेत गरेका हुन् ।

उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउँदै अर्थतन्त्रमा समस्या देखिएपनि चिन्तित हुनुपर्ने स्थिति भैनसकेको दाबी गरे ।

‘राष्ट्र बैंकले श्रीलंकाको उदाहरण दिएर मौद्रिक नीति ल्याउँदा आयातमा कडाइ गरेपछि सुधार भयो, तर मौद्रिक नीतिमा कडाई गर्दा अहिले सटर बन्द भएका छन् , खुलेका पसल पनि घाटामा छन् , अब मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो बनाउनेतर्फ अग्रसर हुन्छौँ, उनले भने ।

यस्तै, उनले ब्याजदर उच्च भएका बेला लागत बढ्दा समस्या भएको भन्दै ब्याजदर घटेपछि समाधान हुने बताए ।

यसैगरी, उनले घरजग्गा, निर्माण क्षेत्रमा देखिएको मन्दीलाई अब खुकुलो बनाउने तयारी सरकारको भएको भन्दै कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने बताए ।

‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन,बरु ब्याज, सावा तिर्न समय थप गर्न सकिन्छ तरतिर्दिन भन्न मिल्दैन’, उनले भने- ‘सरकारले सधै ऋण लिएर काम गर्न सम्भव छैन, त्यसैले लगानी बढाएर राजस्व वृद्धि गर्नु पर्नेछ ।’

उनले सरकारले अनावश्यक खर्च हदैसम्म कटौती गरेर पुँजीगत खर्चलाई बढाउने भन्दै उनले अल्पकालीन समस्या समाधान गर्न सरकार केन्द्रीत भएको बताए ।

Share News