एनआईबिएल सहभागिता फन्डको वितरकमा सिन्धु विकास बैंक

<p>काठमाडाैं । एनआईबिएल सहभागिता फन्ड नामक खुलामुखी योजनाका इकाइहरुको खरिदबिक्री गर्नकाे लागि सिन्धु विकास बैंक वितरक (एजेन्ट) का रुपमा नियुक्त भएकाे छ । याेजनाका इकाइहरु अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले बैंकसँग सम्झाैता गरेकाे एनआईबिएल एस क्यापिटलले जनाएकाे छ । उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महा प्रबन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंकका तर्फबाट [&hellip;]</p>

काठमाडाैं । एनआईबिएल सहभागिता फन्ड नामक खुलामुखी योजनाका इकाइहरुको खरिदबिक्री गर्नकाे लागि सिन्धु विकास बैंक वितरक (एजेन्ट) का रुपमा नियुक्त भएकाे छ ।

याेजनाका इकाइहरु अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले बैंकसँग सम्झाैता गरेकाे एनआईबिएल एस क्यापिटलले जनाएकाे छ ।

उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महा प्रबन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका छन् ।

यसअघि एनआईबिएल सहभागिता फन्ड’ योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइटमा गई विद्युतीय प्रणालीमार्फत हुँदै आइरहेको छ ।

यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।

यस योजनामा लगानीकर्ताले भुक्तानीका लागि इसेवा, खल्ती कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई-बैंकिङ प्रयोग गर्न सक्नेछन् ।

Share News