काठमाडौं । ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।
संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका २६ स्थित कित्ता नम्बर ५५ को २८०.२५ क्षेत्रफल भएको घरजग्गा र जग्गाले चर्चेको सम्पुर्ण संरचना बिक्री गर्ने भएको हो । संस्थाका अनुसार सो जग्गाको न्यूनतम मूल्य ४ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।
उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।
सहकारी संस्थाको केन्द्रिय कार्यालय बल्खु काठमाडौंमा प्राप्त बोलपत्रहरु बैशाख ५ गते खोलिने बताएको छ ।