दुई करोड प्रकरण : अर्को अडिओ टेप पनि सार्वजनिक

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठकाे अर्काे अडियो पनि सार्वजनिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको हाे । आइतबार उनकाे प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएकाे थियाे । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो। दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठकाे अर्काे अडियो पनि सार्वजनिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको हाे ।

आइतबार उनकाे प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएकाे थियाे । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।

यस्तै, अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिन र मध्यस्थताको काम गरिदिन आग्रह पनि गरेका छन् ।

गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।

Share News