एफएनसीसीआईको एशोसिएट सदस्यमा उद्योगी अग्रवालको उम्मेदवारी

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको कार्यकारिणी सदस्यमा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट कार्यकारिणी सदस्यमा अग्रवालले उम्मेदवारी दिएका हुन् । अहिले बजारमा देखिएका व्यवसायिक तथा उद्योगका समस्या समाधानका लागि पहल कदमी चाल्न [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको कार्यकारिणी सदस्यमा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट कार्यकारिणी सदस्यमा अग्रवालले उम्मेदवारी दिएका हुन् ।

अहिले बजारमा देखिएका व्यवसायिक तथा उद्योगका समस्या समाधानका लागि पहल कदमी चाल्न उम्मेदवारी दिएको अग्रवालले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अतुलनिय रहेको बताउँदै समस्याग्रस्त अर्थतन्त्रलाई समाधानउन्मुखतिर लैजाने उनको भनाइ छ ।

पछिल्लो समय बैंकको उच्च ब्याजदरका कारण उद्योगधन्दा नै बन्द गर्नुपर्ने स्थिती आएको उनले बताए । आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सरकारले सकारात्मक भूमिका खेल्नु पने र व्यावसायिक वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

भैरहवा– बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी अग्रवालको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल लगायतका उद्योग सञ्चालन गरेका उनले तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन समेत गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् ।

मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

Share News