काठमाडौं । नयाँ वर्षमा आइएमई पे मार्फत गोल्डस्टार शुज खरिद गर्दा १५ प्रतिशत छुट हुने भएको छ ।
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन’को ‘आइएमई पे’ले ‘गोल्डस्टार शुज’ सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार चैत २७ देखि २०८० बैशाख ५ सम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन् ।