घरजग्गा कारोबारमा खुकुलो नीति बनाउने प्रधानमन्त्रीको संकेत, भन्छन् : घरजग्गाबिना तरलता सहज हुँदैन

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घरजग्गा कारोबारमा खुकुलो नीति अघि सार्ने संकेत देखाएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा उनले घरजग्गामा गरेको कडाइको कारण बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या भएको बताउँदै अब यसलाई पुनरावलोकन गर्नेतर्फ सोच्न आवश्यक रहेको बताएका हुन् [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घरजग्गा कारोबारमा खुकुलो नीति अघि सार्ने संकेत देखाएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा उनले घरजग्गामा गरेको कडाइको कारण बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या भएको बताउँदै अब यसलाई पुनरावलोकन गर्नेतर्फ सोच्न आवश्यक रहेको बताएका हुन् ।

‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ, घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौं, यसकारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौँ’, उनले भने ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको उल्लेख गर्दै राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका बताए । उनले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको पनि बताएका छन् ।

Share News