काठमाडौं । नेप्सेले सोलुखुम्बुको नाम्चे बजारमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमस् नेप्स चैत्र २५ गते भौगोलिक रुपले विकट र सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भनेर पनि प्रख्यात सोलुखुम्बुको नाम्चे बजारमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम नेप्सका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाको नेतृत्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा नाम्चे बजारमा रहेका बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु, गाउँपालिकाका वडा सचिव, तथा स्थानीय प्रहरी प्रमुखहरुले सहभागी जनाएका थिए ।
सो कार्यक्रममा डिजिटल भुक्तानी प्रविधि, यसको बढ्दो प्रयोग र प्रविधि संगै आउन सक्ने चुनौती, साईबर सेक्युरिटी, कार्डरत्तच् मार्फत भुक्तानी, डिजिटल रुपमा कर्जा प्रवाह, कन्ट्याकलेस उपकरण मार्फत भुक्तानी, बचत तथा उद्यमशीलताका अवसर लगायतका नविनतम् प्रविधिका विषयमा जानकारी गराईएको थियो ।
डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अघि पनि नेप्सले सुर्खेत, धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई लक्षित गरि ‘विद्युुतीय भुक्तानी र डिजिटल बैंकिङ्ग’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।
यस प्रकारका डिजिटल वित्तीय साक्षरता कार्यक्रम वार्षिक कार्ययोजना अनुरुप देशका अन्य भागमा समेत निकट भविष्यमा संचालित हुने र सो कार्यक्रमबाट बैंक तथा वित्तीय संस्थाका कर्मचारी मार्फत आम जनतासम्म ‘विद्युुतीय भुक्तानी र डिजिटल बैंकिङ्गको’ सचेतना प्रवाहित भई केन्द्रीय बैंकले अवलम्बन गरेको नगद रहित भुक्तानीको प्रवर्दन गर्न सफल हुने विश्वास यस कम्पनीले लिएको छ ।