ग्यापु मार्केटमा सामान किन्दा ८० प्रतिशत छुट

<p>काठमाडौं । नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले स्थापनाको चौथो वार्षिकोत्सव ग्यापुभर्सरीको अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ । कम्पनीले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि नयाँ अफर ल्याएको हो । कम्पनीमार्फत सामान खरिद गरि माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले स्थापनाको चौथो वार्षिकोत्सव ग्यापुभर्सरीको अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।

कम्पनीले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि नयाँ अफर ल्याएको हो ।
कम्पनीमार्फत सामान खरिद गरि माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल लगायतका सामाग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएको कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले जानकारी दिए । नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकहरूलाई विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्ने अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, नेपालमा सञ्चालित मुख्य मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन १०० प्रतिशतसम्मको क्यासब्याक समेत पाउन सकिनेछ ।

यो अफर चैत २८ २०७९ देखि बैशाख २, २०८० सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकले ५ हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाइ छ । ग्यापुमा २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।

Share News