
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुन ७०० रुपैयाँले घटेको छ ।
योसँगै छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।