काठमाडौं । सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) वितरण गर्न सक्ने अवस्था नरहेको संकेत गरेको छ ।
अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता वितरणका लागि मात्रै सरकारको वार्षिक रुपमा सय अर्ब रुपैयाँ खर्च हुने भन्दै भत्ता वितरण रोक्ने संकेत गरेको हो ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।
वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने उनले बताएका हुन ।
उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको समेत बताए ।
सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै उनले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए ।
अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको समेत उल्लेख गरे ।
सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने समेत बताए ।