काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी पुगेका प्रचण्ड आइतबार बिहान भट्ट निवास गेटामा पुगेका थिए । भट्टसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ, त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो, बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’, भट्टसँगको भेटपछि उनले भने ।
पूर्वमाओवादी धारका नेता भट्ट हाल नेकपा एमालेका केन्द्रीय सचिव हुन । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।