काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले पुराना सामाग्री (स्क्र्याप) बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड रुपैयाँ मूल्य बराबरका स्क्र्याप बिक्री गर्ने भएको हो ।
कम्पनीको मकवानपुरको हेटौडा–३ बसामाडी स्थित उद्योग लगायत हेटौडा औद्योगीक क्षेत्र र हेटौडा उपमहानगरपालिका ११ मा उद्योग संचालनको क्रममा निस्कने १ करोड रुपैयाँ बराबरको स्क्र्याप सामान बिक्री गर्ने भएको हो । जसमा खाली ड्रम, स्क्राप डोलोमाइट पाउडर, स्क्राप इमुल्सन लिक्वीड, स्क्राप एनएपआइएल, एबिएसआइएल एडिडिओएन पाउडर स्क्राप परफ्युम लगायतका सामाग्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी बैशाख १८ गतेदेखि भदौ १४ गतेसम्म बोलपत्रको माध्यमबाट सम्झौता गरि बिक्री गर्ने जनाएको छ । उक्त सामानहरू खरीद गर्न इच्छुक फर्म वा संघ संस्थाले बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको ईमेलमार्फत चैत ३० गतेसम्म बोलपत्र फारम माग गरि बैशाख ३ गतेसम्म फाराम पठाउनु पर्नेछ । साथै, बैशाख १४ गतेसम्म युनिलिभर नेपाल लिमिटेडको सिटि स्क्वायर विल्डिङ नयाँ बानेश्वर काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा बैशाख १४ गतेसम्ममा कुरियर मार्फत पठाई सक्नुपर्नेछ ।
साथै ५० हजार रुपैयाँ धरौटी स्वरूप जम्मा गरेको भौचर समेत संलग्न गरि पेश गर्नु पर्नेछ । बोलपत्र स्विकृत भएमा धरौटी वापत अतिरिक्त ९ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।