मर्जरलाई अन्तिम रुप दिन नेरुडे र मिर्मिरेले डाके विशेष सभा, स्वाप रेसियो १:१ अनुपात

<p>काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् । दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान [&hellip;]</p>

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् ।

दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुवै लघुवित्त एक आपसमा मर्जर भएपश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।

साथै लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ मा र कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने प्रस्ताव पारित गर्नेछ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त १ः१ सेयर स्वाप अनुपात रेसियोमा मर्ज हुनेछन् ।

दुवै लघुवित्तबीच गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड, २५० शाखा कार्यालय, ३ लाख सेवाग्राही पुग्नेछ ।

साथै, लघुवित्तको निक्षेप ६ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय पुग्ने मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी दिए । मिर्मिरे लघुवित्तबाट मर्जर समिति संयोजक सन्तोष फुयालले लघुवित्त क्षेत्रमा दुवै लघुवित्तबीच बिग मर्जरको रहेको बताए ।

दुवै संस्थाबीच गत पुस ११ गते एक आपसमा गाम्भे तथा गाभिने गरी प्रारम्भिक सम्झौता भएको हो ।

Share News