काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेलामा जोगाउने सहकारी भएको बताएका छन् र तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताएका हुन् ।
‘अहिले सहकारी क्षेत्र जति बदनाम भएका छन, अब बदनामी हुन नपरोस,’ उनले भने ।
उनले बैंक, व्यापारी, उद्योगी समस्यामा भएको अवस्थामा साना पुँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको भन्दै सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
उनले सहकारीले अनुदानको अपेक्षा गर्न नहुने बताए । थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । कुल जनसङ्ख्याको ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने उनको भनाइ छ ।
‘खाना पाउनु मानिसको पहिलो अधिकार हो, अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ,’ उनले भने ।