काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार बढाउन छिमेकी देशलाई नफकाई नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको निर्यात व्ववसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘व्यवसाय गर्दा, सामान आयात निर्यात गर्द पक्कै पनि समस्या होला तर उनीहरुसँग सहकार्यको विकल्प छैन,’ उनले भने ।
यस्तै, उनले देशलाई समृद्ध तर्फ लिन व्यवसायीको भुमिका पनि महत्त्वपूर्ण हुने बताउँदै सरकारले व्यवसायीलाई निर्यात प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्दता जनाए ।
उनले निजगढ विमानस्थल बनेमा देशलाई धेरै फाइदा हुने तर यसमा विभिन्न बाधा रहेको पनि बताए ।