सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन, छुट्टै निकाय स्थापना गर्नुपर्छ : डा. खतिवडा

<p>काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खड्काले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिनको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सहकारीलाई नियमन गर्न छुट्टै निकाय स्थापना गर्नुपर्ने बताए । सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक रहेको उनको भनाइ छ । यस्तै, महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खड्काले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिनको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सहकारीलाई नियमन गर्न छुट्टै निकाय स्थापना गर्नुपर्ने बताए । सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै, महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत हुने गरेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन ९शुक्रबार०को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिहरुले आफ्नो प्रस्तुती दिँदै यस्तो बताएका हुन् ।

अष्ट्रेलियाबाट सहभागि विजनेस काउन्सिल अफको अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदानको जोड दिएको बताइन् ।

आफ्नो प्रस्तूती दिँदै उनले आर्थिक सहभागिता र स्वायत्तता र स्वतन्त्राता शिक्षा, तालिम र सचना सहकारी बीचको सहकार्य गर्ने जोड दिएकी थिइन् । उनले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामिण क्षेत्रको समेत विकास योगदान पुराएकोमा बताएकी थिइन् । 

यस्तै, भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए ।  सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकासमा समेत सहयोग पुगेको उनी बताउँछन् । सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र को निर्देशन आवश्यक नभएको उनको जोड थियो ।

यस्तै, अर्का वक्ता भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीहरुको पहिचान संकटमा भएको बताएका थिए । उनले सहकारीलाई विश्वासनिय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिएको थिए । सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनीता माथि ठुलो चुनौती आएको उनको भनाइ छ ।

महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

Share News