सिजी ल्यान्डमार्कका सामानमा ८० प्रतिशतसम्म छुट

<p>चितवन । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ । ‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा [&hellip;]</p>

चितवन । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सिजी ल्यान्डमार्कले ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ ।

‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महाप्रबन्धक उज्वल केसीले बताए ।

सिजी ल्यान्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ । याे अफर चैत २५ देखि वैशाख २०८० सम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

Share News