बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

<p>काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । बिहीबार टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ विगत ५ बर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले [&hellip;]</p>

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् ।

बिहीबार टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ विगत ५ बर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्य धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ ।

नायिका कार्की १ बर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी बिज्ञप्तीमा जनाइएको छ ।नायिका कार्कीलाईनै अनुबन्ध गर्नु परेको जिज्ञासामा छिट्टै कम्पनीले आफ्‍नाे फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान  लन्च गर्न लागेको बताएको छ ।

Share News