काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिले जानकारी दिए ।
‘कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजिहाङ) लाई मन्त्रीपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्य बाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु, पदम लिम्बु (लाजिहाङ्ग) प्रति हार्दिक श्रद्धाञ्जली’, उनले समाजिक सञ्जालमा रोखका छन् ।
मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ ।
समितिको आयोजनामा चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशको पुनः नामाङ्कनको माग सहित प्रदर्शन भएको थियो। उक्त प्रदर्शनिमा प्रहरीको लाठी प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको थियो। टाउँकोमा चोक लागेका लिम्बूको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।
उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह–कमान्डर थिए । ४२ वर्षीय लिम्बू २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।