फियनको अध्यक्षमा पदमराज रेग्मी निर्वाचित, कुन पदमा को विजयी ?

<p>काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समितिको अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा अध्यक्ष पदमा रेग्मीले २१९ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमा विजयी रेग्मी नेपाल राष्ट्र बैंकका उप कार्यकारी निर्देशक हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी हरिराज खरेलले १३४ मत र रविन्द्र मिश्रले २ मत प्राप्त [&hellip;]</p>

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समितिको अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा अध्यक्ष पदमा रेग्मीले २१९ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा विजयी रेग्मी नेपाल राष्ट्र बैंकका उप कार्यकारी निर्देशक हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी हरिराज खरेलले १३४ मत र रविन्द्र मिश्रले २ मत प्राप्त गरेका छन् ।

यस्तै, फियनको वरिष्ठ उपाध्यक्षमा परशुराम खनाल १९२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी प्रशान्त बल्लब पन्तले १५९ मत प्राप्त गरेका छन् ।

यस्तै, खुल्लातर्फको उपाध्यक्षमा शिवराज तिमिल्सिनाले २३६ मत, महिलातर्फको उपाध्यक्षमा सपना शाहीले १८० मत, सरकारी बैंकतर्फको उपाध्यक्षमा शिवनाथ योगीले २०३ मत र निजी बैंकको तर्फको उपाध्यक्षमा शिवहरि भण्डारीले २२९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, तराई/मधेशतर्फको उपाध्यक्षमा सोभित शाह, लघवित्ततर्फको उपाध्यक्षमा अर्जुन कुमार भट्टराई, बीमा तर्फको उपाध्यक्ष सम्भुप्रसाद मिश्र, पूँजी बजार तर्फको उपाध्यक्षमा राजु बहादुर जि.सी. र गैर वित्तीय तर्फको उपाध्यक्षमा देव गुरागाईँ निर्विरोध भएका छन् ।

साथै, फियनको महासचिवमा विकास श्रेष्ठले २०५ मत ल्याएर विजयी भएका छन् । यस्तै, खुला तर्फको उपमहासचिवमा ज्ञानहरि ढुङ्गानाले २५३ मत, बरुण खड्काले २१७ मत, हरि बहादुर खड्काले २५१ मत र सबिन भट्टराईले २३० मत ल्याएका छन् । तर, राममणि न्यौपाने र राजेश कुमार गिरीले बराबर १६७ मत ल्याएका छन् ।

यस्तै, विकास बैंक तर्फको उपमहासचिमा राज शंकर झा, महिला उपमहासचिवमा गीता बस्नेत र रामचन्द्र बि.क. निर्विरोध निर्वाचित भएका छन् । फियनको कोषाध्यक्षमा जेम्श जोशी र सह कोषाध्यक्षमा सविता लुइटेल निर्वाचित भएका छन् ।

Share News