काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सह कारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताएका छन् ।
उनले सहकारी क्षेत्रले सीन्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरेर त्यो बजेटको उपयोग सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए ।
केही सीमित कमिकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको भएपनि समग्रमा सहकारीले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको उनी बताउँछन् ।
यस्तै, उनले राष्ट्र सहकारीको क्षेत्रको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक निकाय निर्माणका लागि राष्ट्र बैंकले समन्वय गर्ने धारणा राखे ।
उनले सहकारी क्षेत्रमा विदेशी अभ्यासहरु पनि अवलम्बन गरेर सबैले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्नु पर्ने बताए ।