भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन, राइड सेयर व्यवसायीलाई धक्का

<p>काठमाडौं । अबदेखि निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाइने भएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न निर्देशन दिएको हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अघि गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर र्पुयाउने गरी निजी सवारीले उद्देश्य विपरीत [&hellip;]</p>

काठमाडौं । अबदेखि निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाइने भएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अघि गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर र्पुयाउने गरी निजी सवारीले उद्देश्य विपरीत भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो । सोही अनुसार बुधबार गृह मन्त्रालयले एक परिपत्र जारी गर्दै भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न भनेको हो ।

यदि यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन्न् । गृहको यस्तो निर्देशनले पठाओ, इन्ड्राइभर जस्ता राइड सेयर सेवा दिइरहेका दर्जनौं कम्पनीको व्यवसायमा धक्का लाग्ने देखिन्छ ।

पछिल्लो समय काठमाडौं लगायत देशका मुख्य सहरहरुमा एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम राइड सेयर सेवप्रदायक कम्पनीले गर्दै आएका छन् ।

पछिल्लो समय अधिकांशले अफलाइनबाटै सेवा दिइरहेका छन् । गृह मन्त्रालयका अनुसार अबदेखि रातो नम्बर प्लेट भएका ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधानले भाडा लिएर यात्रु बोक्न पाइने छैन ।

Share News