एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

<p>काठमाडौं । एनएमबि बैंकले जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेकाे छ । एनएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा  १,५१,००० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो। सोकार्यक्रममा बै‌‌कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेकाे छ ।

एनएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा  १,५१,००० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो।

सोकार्यक्रममा बै‌‌कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतकोउपस्थिीती रहेको थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।

Share News