बैंकका कर्मचारीलाई थर्काएर ९० प्रतिशत ऋण धनाढ्यले लिए : पूर्व अध्यक्ष दाहाल

<p>काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघको पूर्व अध्यक्ष खिलानाथ दाहालले ९० प्रतिशत कर्जा धनाढ्यहरुले लिने गरेको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकका कर्मचारीहरुलाई धम्क्याएर ९० प्रतिशत कर्जा धनाढ्यले लिने गरेको र बाँकी १० प्रतिशत कर्जा मात्रै अरुले गरेको बताए । यस्तै, उनले मर्जरको [&hellip;]</p>

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघको पूर्व अध्यक्ष खिलानाथ दाहालले ९० प्रतिशत कर्जा धनाढ्यहरुले लिने गरेको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंकका कर्मचारीहरुलाई धम्क्याएर ९० प्रतिशत कर्जा धनाढ्यले लिने गरेको र बाँकी १० प्रतिशत कर्जा मात्रै अरुले गरेको बताए ।

यस्तै, उनले मर्जरको कारण कसैको पनि रोजगारी गुम्न नहुने बताए । उनले वित्तिय संस्थामा कार्यरत कर्मचारीको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने पनि बताएका छन् । ुसामाजिक सुरक्षा कोसमा आवद्ध हुदा खाइपाइ आएको सुविधा पाउने भएपनी त्यो लागू हुन सकेको छैन, यसको व्यवस्था छिटो गर्नुपर्छ ु उनले भने ।

दाहालले अर्थतन्त्रलाई सुधार गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सहयोग गर्नु पर्ने बताएका छन् ।

 

Share News